आज जाउलाखेल–बुङमती बस सेवा निःशुल्क
ललितपुरको बुङमतीमा ‘बुङ महोत्सव’ शुरु भएको छ । बुङमतीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा जानको लागि ललितपुर महानगरपाकिाले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
महानगरले जाउलाखेलदेखि बुङमतीसम्म आउजाउ गर्न साझा बसको व्यवस्था गरेको बताइएको छ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने महोत्सवमा जान चाहनेलाई साझाको बस सेवा निःशुल्क रहेको जानकारी दिइएको छ ।
इकोज इन द भ्यालीको संयोजनमा युरोपेली युनियनलगायतको संस्थाको सहयोगमा महोत्सव आयोजना गरिएको हो ।
टिप्पणीहरू