छिमेकका कम्युनिस्टहरु महाधिवेशनको झकिझकाउमा (फोटो फिचर)

छिमेकका कम्युनिस्टहरु महाधिवेशनको झकिझकाउमा (फोटो फिचर)

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशन भर्खरै राजधानी बेइजिङमा प्रारम्भ भएको छ । महाधिवेशन ग्रेट हल अफ द पिपुलमा शुरु भएको हो ।

महासचिव सी चिन फिङले महाधिवेशन उद्घाटन गर्नुभएको छ । झण्डै २३ सय जना प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनअघि हिजो सीको अध्यक्षतामा सोही ठाउँमा तयारी बैठक बसेको थियो ।

बैठकले प्रतिनिधि प्रत्यायोजन समितिका २२ सदस्य र अध्यक्ष मण्डलका २४३ सदस्यको नामावली अनुमोदन गरेको छ । त्यसैगरी वाङ हुनिङले महाधिवेशन अवधिभर महासचिवको जिम्मेवारी सम्हाल्ने निर्णयसमेत गरिएको बताइएको छ ।

महाधिवेशनस्थल वरिपरि आज बिहान देखिएको दृश्यलाई चिनियाँ समाचार समिति सिन्ह्वाले आफ्नो क्यामेरामा यसरी कैद गरेको छ :

टिप्पणीहरू