क्यारम बोर्ड खेल्दै,टेम्पो हाँक्दै,भोट माग्दै
राप्रपा उम्मेदवार तथा अभिनेत्री रेखा थापाले क्यारम बोर्ड खेलेर भोट मागेकी छन् । उनले घरदैलो कार्यक्रममा जो जे काममा व्यस्त छ, त्यसैमा मिसिएर भोट मागेकी हुन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यतर्फ उम्मेदवारी दिएकी उनले रिक्सा चलाउनेसँग रिक्सा चलाएर,अटो हाँक्नेसँग अटोमै बसेर र क्यारम बोर्ड खेल्नेसँग क्यारम बोर्ड खेलेर भोट मागेकी हुन् ।
बेलबारी ११ मा उनले रिक्सा चलाउँदै भोट मागेकी छन् । दैनिक गुजारा चलाउने ई–रिक्सा चालकहरूसँग आत्मीयता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत मागेकी हुन् ।
सोही स्थानमा क्यारम बोर्ड खेल्दै गरेका युवाहरूसँग समेत उनले गोटी हान्दै मत मागेकी छन् ।

टिप्पणीहरू