प्रहरीको आफ्नै भवन छैन, आइजीपीको ब्यथा कसले सुन्ने ?
प्रहरी महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले सबै प्रहरी इकाईले आफ्नै भवनबाट सेवा दिन नपाएको गुनासो गर्नुभएको छ । प्रहरीका कार्यालयहरु भाडाको घरमा सन्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै उहाँले त्यसप्रति दु:खमनाउ गर्नुभएको हो ।
आज ६७ औं प्रहरी दिवसको अवसरमा नक्सालस्थित मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै सिंहले आफ्नै भवन स्थापनाका लागि कानून मन्त्रालयबाट आवश्यक पहल हुने अपेक्षासमेत गर्नुभयो ।
कूल ३२ सय बढी प्रहरी इकाईमार्फत सेवा प्रवाह भैरहेको उल्लेख गर्दै उहाँले प्रहरी देशकै सबैभन्दा बढीे नागरिकसमक्ष पहुँच रहेको संस्था भएको पनि दाबी गर्नुभयो । सामाजिक सञ्जालमार्फत करिव २६ लाखभन्दा बढीसँग भर्चुअल्ली जोडिएको आइजीपी सिंहको भनाइ छ ।
‘कूल ३२ सय बढी प्रहरी इकाईहरुमार्फत सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था हो उहाँले भन्नुभयो, ‘हामी सामाजिक सञ्जालमार्फत करिव २६ लाखभन्दा बढीसँग भर्चुअल्ली जोडिएका छौँ ।‘
१७ जनालाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘विभिन्न अपराधमा संलग्न रही लुकेर बसेका १७ जनालाई इन्टरपोलको नै सहयोगमा कानूनी दायरामा ल्याई अपराध नियन्त्रणको लागि संसारको कुनै पनि लुकेपनि प्रहरीले छोड्ने छैन भन्ने सन्देश दिइएको छ ।‘
टिप्पणीहरू