कार्यकर्तालाई राजेन्द्र लिङ्गदेनको चेतावनी : सूर्यमा भोट नहाले भेट हुँदैन
पूर्वपञ्चहरुको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई एमालेको सूर्य चिन्हमा भोट हाल्न कडा निर्देशन दिएका छन् ।
आज झापाको धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले तालमेलअनुसार भोट नहाले चुनावपछि कार्यकर्ताको रुपमा भेट नहुने चेतावनीसमेत दिएका हुन् ।
चुनावी सभामा लिङ्देनसँगै उपस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सत्ता गठबन्धनका दलहरुको चर्को आलोचना र राप्रपाको खुलेर प्रशंसा गरेको बताइएको छ ।
झापामा दुवै पार्टीका अध्यक्षको जीत सुरक्षित गराउन तालमेल भएको छ । जसअनुसार राप्रपा अध्यक्ष लिङ्गदेनलाई झापा–३ छाडेर बाँकी एमालेले लिएको छ । तर, एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा–५ का राप्रपा नेता तथा कार्यकर्ता तालमेलप्रति असन्तुष्ट रहेको चर्चा सुनिएको छ ।
टिप्पणीहरू