सभामुख सापकोटा र मोहन बस्नेत भोट माग्न सँगसँगै

सभामुख सापकोटा र मोहन बस्नेत भोट माग्न सँगसँगै

सत्ता गठबन्धनमा आवद्ध सिन्धुपाल्चोकका तीन राजनीतिक दलले काठमाडौँमा संयुक्त कार्यक्रम गरेका छन् । तिहारको शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको कार्यक्रम पेप्सीकोलास्थित स्टारबैङ्केटमा बिहान पौने १२ बजेदेखि शुरु भएको छ ।

आयोजकका अनुसार सभामुख अग्निप्रसाद सापकोटा उक्त कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ । क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुवाेध), २ नम्बर क्षेत्रका माेहन बहादुर बस्नेत र प्रदेशसभाका चार जना उम्मेदवारहरु पनि कार्यक्रममा सहभागी छन् ।

कार्यक्रममा गठबन्धन दलका जिल्लास्तरीय नेता-कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

टिप्पणीहरू