चुनावमा भोट हाल्न क–कसले लाइन बस्न नपर्ने ?
निर्वाचन आयोगले आगामी संघीय संसद तथा प्रदेश सभा निर्वाचनमा लाइनमा नबसी प्राथमिकताका आधारमा भोट हाल्न पाउने मतदाताको सूची तयार पारेको छ ।
आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, काखे बालक साथमा भएकी महिला, अपांगता भएका व्यक्ति तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न सक्ने प्रबन्ध मिलाएको जानकारी दिएको छ ।
दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ भोट खसाल्न नसक्ने मतदाताको हकमा एकाघर परिवारको सदस्यले मत हाल्दिन पाउने व्यवस्था पनि आयोगले गरेको छ । जसअनुसार त्यस्ता मतदाताले आफ्नो एकाघरको सदस्यलाई आफूसँगै भोट हाल्ने गोप्य स्थानमा लैजान चाहे मतदान अधिकृतले अनुमति दिनुपर्ने हुन्छ ।
टिप्पणीहरू