काठमाडौं महानगरले कर्मचारीलाई आलोपालोमा खटायो
काठमाडौं महानगरपालिकाले पर्वका समय पनि अत्यावश्यक सेवा सञ्चालन गर्न कर्मचारीलाई आलोपालोमा खटाएको छ । अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काममा खटिएका कर्मचारीलाई आलोपालोमा राखेको महानगरपालिकाले जनाएको हो ।
दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटीकाका दिन सर्वसाधारणका लागि रानीपोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा रहने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए ।
पर्व बिदाका समयमा कार्यालयको भौतिक सुरक्षा र अत्यावश्यक सेवा रोक्न नमिल्ने उनको भनाइ छ । त्यस्तै, महानगरपालिकाले जोखिममा काम गर्ने कर्मचारीहरुलाई प्राथमिकतामा राखेर स्वास्थ्य बीमालेखअन्तर्गत दुर्घटना बीमा, महामारीजन्य बीमा, ठूला रोगका लागि बीमा गर्नेलगायतका योजना अघि सारेको छ ।
टिप्पणीहरू