पाकिस्तानमा पोलियो देखियो, देशभर खोप अभियान

पाकिस्तानमा पोलियो देखियो, देशभर खोप अभियान

पाकिस्तान सरकारले पोलियो खोपविरुद्ध देशव्यापी अभियान सञ्चालन गरेको छ । हिजोदेखि पाकिस्तानभर अभियान सुरु गरिएको बताइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले पोलियो उन्मूलनका लागि देशव्यापी खोप अभियान सुरु गरिएको हो ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार अभियान एक हप्तासम्म चल्नेछ । जसमा पाकिस्तानका पाँच वर्ष मुनिका सबै बालबालिकालाई पोलियोविरुद्धको खोप दिइने छ ।

अभियानमा खैबर पाक्थुन्क्वा प्रान्तका बालबालिकालाई विशेष ध्यान दिइने जनाइएको छ । उनीहरूलाई घरैमा पुगेर खोप लगाउने व्यवस्था गरिएको छ ।

पाकिस्तानमा यो वर्ष २० जना बालबालिकामा पोलियो देखिएको छ । विशेषगरी खैबरका बालबालिकामा बढी मात्रामा पोलियो देखिएको सिन्ह्वाको समाचारमा उल्लेख छ ।

टिप्पणीहरू