भाइटीकाको दिन ९ सय ड्राइभरलाई जरिवाना

भाइटीकाको दिन ९ सय ड्राइभरलाई जरिवाना

ट्राफिक नियम उल्लंघन गर्ने ९ सय बढी सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हिजो भएको चेकजाँचका क्रममा नियम तोडेर गाडी हाँक्नेहरु कारवाहीमा परेका हुन् ।

प्रहरीले उनीहरुलाई जरिवाना तिराएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाही पर्नेहरुमा अनावश्यक हर्न बजाउने ६ जना, मदिरा पिएर गाडी चलाउने २६१ जना र लेन उल्लंघन गर्ने २ जना रहेका छन् ।

त्यसैगरी, रातो बत्तीको उल्लंघन गर्ने ३ र स्पष्ट नम्बर प्लेट नभएका २० जनासहित अन्य ६८६ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

टिप्पणीहरू