जाडो मौसम लाग्यो, बेलैमा सचेतना अपनाउन आग्रह
कात्तिक पहिलो सातादेखि नै काठमाडौँ उपत्यकासहित देशभर चिसो महसुस गर्न थालिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण यो हप्तादेखि देशैभर चिसो बढेको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि नै चिसो बढ्न थालेको बताए । हाल पश्चिमबाट हावा चलिरहेको उल्लेख गर्दै उनले कहिलेकाहीँ उत्तरपश्चिम भेगको हिमालबाट हावा चल्ने भएकाले जाडो महशुस हुने बताए । पौडेलले यो साता चिसो यथावत रहने पनि बताए ।
तापक्रम निरन्तर नघट्ने स्पष्ट पार्दै उनले अक्टोबर र नोभेम्बरमा एक दुई डिग्रीको तलमाथि मात्रै हुने अनुमान गरिएको जानकारी दिए । आगामी डिसेम्बरबाट जाडो हुने बताउँदै वरिष्ठ मौसमविद् पौडेलले भने, ‘डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्न सक्छ अहिले देखि नै तपाईंहरुलाई सचेत रहन अनुरोध गर्दछु ।’
टिप्पणीहरू