कारागारभित्रै कैदीको मृत्यु

कारागारभित्रै कैदीको मृत्यु

जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ । गए राति २ बजे कारागारमा अचानक बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङका अनुसार दुधपोखरी गाउँपालिका १ का ३६ वर्षीय रोहनराज धितालको मृत्यु भएको हो ।

२०७८ वैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले आगामी वैशाख १२ गतेसम्म दुई वर्ष कैद फैसला गरेपछि जेल चलान भएका हुन् ।

टिप्पणीहरू