भक्तपुरमा १४ वर्षीया, कलंकीमा १६ वर्षीया बालिका बलात्कृत
भक्तपुरमा १४ वर्षीया र कलंकीमा १६ वर्षकी बालिका बलात्कृत भएक छन् । नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई पक्रेको छ ।
खड्काले ती बालिकालाई पटक पटक बलात्कार गरेको खबर प्राप्त भएपछि प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यता कलंकीको गेष्ट हाउसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८, मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा पुर्याएर विभिन्न मितिमा पटक पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई मातातीर्थस्थित बौथली चोकबाट हिजो साँझा पक्राउ गरेको हो ।
टिप्पणीहरू