एमाले अध्यक्षलाई प्रधानमन्त्री बनेको हेर्न चाहन्छन् पूर्वपञ्च निरन्जन थापा
राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले एमाले अध्यक्ष पुनः प्रधानमन्त्री बनेको हेर्न चाहेका छन् । उनले केपी शर्मा ओली पुनः प्रधानमन्त्री बने मात्रै मुलुकले निकास पाउने निश्कर्ष निकालेका हुन् ।
रुपन्देहीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको आरोप लगाए । ‘पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’
उनले पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री को हो ? भन्दै प्रश्न गरेका छन् । सतारुढ गठबन्धनमा स्पष्टता नभएको तर एमाले नेतृत्वको तीन दलीय तालमेलमा प्रधानमन्त्री केपी शर्मा ओली बन्ने पक्का भइसकेको खुलासा गरे । उनका अनुसार ओली प्रधानमन्त्री बने मात्रै मुलुकले राजनीतिक तथा आर्थिक निकासा पाउने छ ।
रुपन्देही–३ बाट दीपक बोहरालाई निर्वाचन जिताउनुपर्ने बताउँदै थापाले भने, ‘बोहराको अगुवाइमा भएका विकास निर्माणबारे जनताले राम्रोसँग बुझेकाले उनको जीत सुनिश्चित छ ।’
टिप्पणीहरू