बालुवाटारबाट सेनाको हेलिकप्टर रित्तै फर्कियो

बालुवाटारबाट सेनाको हेलिकप्टर रित्तै फर्कियो

हिजो दिउँसो नेपाली सेनाको हेलिकप्टर रित्तै भैरहवा फर्केको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुर्याएको उक्त हेलिकप्टर रित्तै फर्केको बताइन्छ ।

दिउँसो साढे १ बजे प्रधानमन्त्री देउवा सेनाको ९ एन आरएएम कल साइन भएको हेलिकप्टरमा भैरहवाबाट काठमाडौं आउनुभएको थियो । उहाँलाई सरकारी निवास बालुवाटारमा अवतरण गराएपछि हेलिकप्टर सोझै भैरहवा उडेको काठमाडौंस्थित विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।

बालुवाटारबाट उडेको उक्त हेलिकप्टर झण्डै ४५ मीनेटपछि दिउँसो साढे २ बजेको हाराहारीमा भैरहवा पुगेको हो ।

टिप्पणीहरू