चुनाव विरोधी तीन दलले पोखराबाट पनि निर्वाचनको भण्डाफोर गर्ने
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित तीन दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन विरोधी भण्डाफोर सभा गर्ने भएका छन् । विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा र आहुतीको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले भोलि पोखरामा पनि भण्डाफोर सभा राखेका छन् ।
चुनाव बहिष्कारको घोषणा गर्दै आएका तीन वटा कम्युनिष्ट पार्टीले गत बिहीबारदेखि नै राजधानीबाट चुनाव विरोधी कार्यक्रम गर्दै आएका छन् । त्यसलाई निरन्तरता दिँदै ती दलले भोलि पोखराको पृथ्वीचोकमा आसन्न निर्वाचनको भण्डाफोर गर्ने कार्यक्रम राखेको हो । त्यसअघि मध्यान्ह १२ बजे अमरसिंह चोकबाट उनीहरुको र्याली शुरु हुने छ ।
भण्डाफोर सभामा विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, नेकपा अध्यक्ष कट्टेल र वैज्ञानिक समाजवादीका महासचिव आहुती सहभागि हुने बताइएको छ ।
टिप्पणीहरू