चुनावविरोधी नारा लगाउने ७ जना पक्राउ
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनविरुद्ध गतिविधि गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले आज उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य वीरेन्द्र यादवसहित सात जनालाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएकाहरुमध्ये रामगोपालपुर नगरपालिका–५ का विजय मण्डल, ७ का लक्ष्मण यादव, अनिल ठाकुर, ८ का उपेन्द्र यादव, श्यामकुमार यादव तथा बलवा ७ का राजेश यादव पनि हुन् ।
उनीहरुलाई सशस्त्र प्रहरीका नायव उपरीक्षक नरेन्द्रसिंह धामीको नेतृत्वमा गएको टोलीले आज समातेको हो । सातै जनालाई ज. १ च ११७१ नम्बरको गाडीमा गएको समूहले ‘आसन्न संसदीय निर्वाचन बहिष्कार गरौँ’ भन्ने पर्चा फाल्दै माइकिङ गरेपछि नियन्त्रणमा लिइएको बताइएको छ । उनीहरुलाई आजै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।
टिप्पणीहरू