भारतीय खुफिया एजेन्सीका प्रतिनिधिले काठमाडौं विमानस्थलमा बिदाई गरेकाहरु को थिए ?

भारतीय खुफिया एजेन्सीका प्रतिनिधिले काठमाडौं विमानस्थलमा बिदाई गरेकाहरु को थिए ?

नेपालको भ्रमण सकाएर आज दिउँसो भारतीय उच्च अधिकारी भनिएका तीन जना नयाँ दिल्ली फर्केका छन् । व्यक्तिगत परिचय र नेपाल भ्रमणको उद्देश्यबारे केही नबताइएको टोलीमा सबिता अग्रवाल, प्रोहम गर्ग र विना कुमार थिए । तीन जनाको टोली आज दिउँसो साढे २ बजे छ दिनको नेपाल भ्रमण पूरा गरेर नयाँ दिल्ली फर्केका हुन् । उनीहरु इण्डिगो एअरबाट स्वदेश गएको बताइन्छ ।

उच्च भारतीय अधिकारी भनिएका उनीहरुलाई भारतीय खुफिया एजेन्सी ‘र’ का प्रतिनिधिहरुले दूतावासकै गाडीमा विमानस्थल पुर्याएका हुन् । विमानस्थलमा बिदाई गर्न नेपालस्थित भारतीय खुफिया एजेन्सीका प्रतिनिधिहरु पुग्नुलाई उनीहरू पनि सोही एजेन्सीका अधिकारीहरु भएको अनुमान गरिएको छ ।

टिप्पणीहरू