चितवनको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर

चितवनको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर

निर्वाचनको विरोध गर्दै चितवनमा पनि शंकास्पद वस्तु राखिएको छ । भरतपुरको बाइपास रोडमा रहेको आँखा अस्पताल नजिकै र भरतपुरकै आस्थाचोक छेउमा दुई वटा प्रेसर कुकर शंकास्पद अवस्थामा भेटिएको बताइएको छ ।

गएको मध्य रातमा ती स्थानमा शंकास्पद वस्तु राखिएको जानकारी पाएपछि  प्रहरीको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमाण्डमा सो स्थानमा टोली खटिएको हो ।

नेपाली सेनाको कालीबहादुर गणबाट मेजरको कमाण्डमा खटिएको टोलीले आज बिहान साढे ३ बजेको समयमा उक्त शंकास्पद वस्तुलाई निस्क्रिय पारेको हो ।

टिप्पणीहरू