लाइन लागिसके मतदाता,बहिस्कार गर्ने बल्ल बिज्ञप्ती

लाइन लागिसके मतदाता,बहिस्कार गर्ने बल्ल बिज्ञप्ती

बिहान ७ बजेदेखि आमनिर्वाचनको निम्ति मतदान थालिएको छ । मतदान शुरु भएको पनि तीन घण्टा बितेको छ । तर,निर्वाचन बहिष्कारको घोषणा गर्दै आएका केही वामपन्थी दलले यसैवीच चुनाव अवज्ञाको निम्ति अपिल गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आजै जारी गरेको विज्ञप्तिमा आज मतदान गरेर भूल नगर्न जनतालाई आग्रह गरिएको छ । पार्टी प्रवक्ता सुदर्शनले आजको प्रदेश तथा संघीय चुनाव अवज्ञा गरी स्वाधिन संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने मार्ग प्रशस्त गर्न आह्वान गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘दलाल पुँजीवादी राज्यसत्ता र नेपाली श्रमजीवी तथा उत्पीडित जनताबीचको अन्तरविरोध यसैबाट मात्र समाधान हुन्छ । दलाल संसदीय व्यवस्थाको चुनाव अवज्ञा गरौं ।’

टिप्पणीहरू