विप्लवका कार्यकर्ता लखेट्न हवाई फायर

विप्लवका कार्यकर्ता लखेट्न हवाई फायर

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान बिथोल्न खोजेका छ । निर्वाचन क्षेत्र नम्बर १ मा विप्लवका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको छ ।

राप्ती नगरपालिका–८ स्थित ब्रह्मास्थान राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्र ‘ख’ मा विप्लव कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेको बताइएको छ । चितवन प्रहरीका डीएसपी सुदन आचार्यका अनुसार उनीहरुले उक्त मतदान केन्द्रको एउटा मतपेटिकामा असर पुर्याएका छन् ।

केहीबेर रोकिएको मतदान अहिले सुचारु भएको बताइन्छ ।

टिप्पणीहरू