बाजुरामा गोली चल्यो,मतपेटिकामा लात्ती बज्रियो

बाजुरामा गोली चल्यो,मतपेटिकामा लात्ती बज्रियो

बाजुराको  बूढीगङ्गा नगरपालिका वडा नं. ८ गिरिखेल्ने माध्यमिक बिद्यालयको मतदान केन्द्रमा एमाले र लोकतान्त्रिक गठबन्धनवीच फर्जी मतको बिषयलाई लिई विवाद हुँदा  स्थिति नियन्त्रणमा लिन प्रहरीले एसएलआरबाट १० र थ्री नट थ्रीबाट २ राउण्ड हवाई फायर गरेको छ, प्रहरी असइ राजेन्द्रसिंह पुजाराको कमाण्डमा खटिएको ५ जनाको टोलीलाई सघाउन जिल्लाबाट सइ बकिल धानुकको कमाण्डमा एक सेक्सनको टोली उक्त स्थानतर्फ गइरहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

यसअघि बझाङ्ग केदारस्यु गाउँपालिका-१ बेताल मा.वि रातापानीको मतदान केन्द्रमा स्वतन्त्रका मतदान प्रतिनिधि कमल भण्डारी र माओवादीका कुमार भण्डारीवीच विवाद भएको थियो । कुमारले लात हानी मतपेटिका फुटाएपछि स्थगित भएको मतदान  मतपत्र अर्को बक्सामा सारेर बल्ल जनताले लाइन लागेको बुझिएको छ ।

टिप्पणीहरू