१०० वर्ष नाघेका मतदाताहरु पनि मतदान केन्द्रमा

१०० वर्ष नाघेका मतदाताहरु पनि मतदान केन्द्रमा

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत आज म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उता तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गरेको बताइएको छ । भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले स्थानीय महादेवता प्राथमिक विद्यालयमा मतदान केन्द्रबाट मतदान गरेको जनाइएको छ ।

टिप्पणीहरू