एमाले अध्यक्षद्वारा बालकोटमा मतदान

एमाले अध्यक्षद्वारा बालकोटमा मतदान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । उहाँले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको हो । 

झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उहाँले भक्तपुरमा आफैंलाई मत दिन भने पाउनुभएन । 

अध्यक्ष ओलीले बालकोटमा आफ्नो मतदाता नामावली सार्नुभएकाले आफैंलाई मतदान गर्न नमिलेको हो ।

टिप्पणीहरू