८० वर्षे वृद्ध मुंगाको रुखमा झुण्डिए

८० वर्षे वृद्ध मुंगाको रुखमा झुण्डिए

सप्तरीमा ८० वर्षका वृद्ध रुखमा झुण्डिएका छन् । रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्र बजारमा वृद्धले झुन्डिएर आत्महत्या गरेका हुन् । ८० वर्षीय सूर्यबहादुर थापा मगर घर नजिकैको मुंगाको रुखमा झुण्डिएको बताइन्छ ।

उनले आज बिहान झिसमिसेमा पासो लगाएको प्रहरीको अनुमान छ । बिहान सबेरै नजिकैको चिया पसलमा जाने गरेका वृद्ध त्यतै गएको अनुमान गरेका परिवारले पछि रुखमा झुण्डिएको अवस्थामा मगरलाई फेला पारेको थियो ।

पसलबाट आउँदै गरेका उनका भाई विष्णु थापा मगरले दाजुलाई झुण्डिएको अवस्थामा देखेका थिए । उनले प्रहरीसँग भने, ‘एकाबिहानै मुंगाको फेदमा बसिरहेको जस्तो देखेँ, चिसोमा दाई के गरेको भन्दै हेर्न जाँदा घाँटीमा पासो लगाएर प्राण त्याग गरेको देखेँ ।’ 

मगरको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टमापछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको आजै अन्त्येष्टि गरिएको बताइएको छ ।

रुपनी गाउँपालिका–१ स्थित बाघाखालमा हिजो अन्दाजी ३२ बर्षीय एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

टिप्पणीहरू