"भिजिट भीसा"का हाकिमलाई जेल पठाउन दुई श्रीमान असहमत

"भिजिट भीसा"का हाकिमलाई जेल पठाउन दुई श्रीमान असहमत

भिजिट भिसा प्रकरणमा अख्तियारद्वारमा मुद्दा चलाइएका सहसचिव तीर्थराज भट्टराईलाई विशेष अदालतका दुई जना न्यायाधीशले धरौटीमा छाडेका छन् । बहुमतको उक्त आदेशमा एक जना न्यायाधीशले भने फरक मत राखेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन हाकिम तीर्थराज सहित ७ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतका सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठले फरक मत राखेका हुन् । अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेलबाट भने उनलाई २५ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

 

टिप्पणीहरू