युवतीको घाँटी छिनालियो, बालिका गम्भीर अवस्थामा

युवतीको घाँटी छिनालियो, बालिका गम्भीर अवस्थामा

बैतडीमा एक युवतीको घाँटी रेटी हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका–४ का धनी लुहारकी २१ वर्षीया छोरी माया लुहारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

सोही गाउँकी १५ वर्षीया नेहा लुहार गम्भीर घाइते अवस्थमा फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । घटनबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिएका छन् ।  

घाइते अवस्थामा भेटिएकी नेहालाई उपचारका लागि धनगढी लगिएको आफन्तले बताएका छन् ।
 

टिप्पणीहरू