सर्वोच्चमा झडप, तारा बराललाई प्रहरीले समात्यो

सर्वोच्चमा झडप, तारा बराललाई प्रहरीले समात्यो

आफूलाई सामाजिक अभियन्ता भन्ने तारा बराल सर्वोच्च अदालत परिसरबाट पक्राउ परेकी छन् । निलम्बन फुकुवाको पत्र पाएसँगै सर्वोच्च फर्किने तयारीमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको समर्थन गर्न पुगेकी बरालले त्यहाँ धर्नारत वकिलहरुलाई जुत्ता प्रहर गरेपछि प्रहरीले समातेको हो । 

धर्नामा बसेका वकिलहरुलाई जुत्ता हानेर गालीगलौज गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बराललाई प्रहरी बृत सिंहदरबार लगिएको प्रहरीले जनाएको छ । 

संसद सचिवालयका महासचिव डा. भरत गौतमबाट आफूमाथि लागेको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र बुझेसँगै प्रधानन्यायाधीश जवरा सर्वोच्च अदालत फर्कने तयारीमा छन् । तर, त्यसको विरोधमा नेपाल बार एशोसिएसनले सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेको छ ।

धर्नामा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी छन् ।

टिप्पणीहरू