कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट शुरु

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट शुरु

विश्वकप फुटबलको सेमिफाइनल खेलहरु मंगलबार (आज) बाट शुरु हुँदैछ ।

कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे शुरु हुने तालिका छ ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा  अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा खेल्नेछ भने क्रोएसियाका कप्तान लुका मोड्रिच हुनेछन् ।

अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा छ । उसले दुई पटक विश्वकप जितिसकेको छ ।

साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।

टिप्पणीहरू