मास प्रिन्टर आपूर्तिको बोलपत्र रद्द

मास प्रिन्टर आपूर्तिको बोलपत्र रद्द

यातायात व्यवस्था विभागले स्मार्ट कार्ड छाप्ने मास प्रिन्टरको आपूर्ति, डेलिभरी, स्थापना, इन्टिग्रेशन र कमिसनिङ खरिदसम्बन्धी बोलपत्र रद्द गरेको छ ।  गत कात्तिक २८ गते ई–जीपीमार्फत आह्वान गरिएको बोलपत्र विभागले रद्द गरेको हो । प्राविधिक कारणले बोलपत्र रद्द गरिएको विभागले जनाएको छ । 

‘यस विभागबाट २०७९–७–२८ गते ई–जीपीमार्फत आह्वान गरिएको स्मार्ट कार्ड मास प्रिन्टरको आपूर्ति, डेलिभरी, स्थापना, इन्टिग्रेशन र कमिसनिङ खरिदसम्बन्धी बोलपत्र प्राविधिक कारणले रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, जारी सूचनामा भनिएको छ ।

टिप्पणीहरू