प्रधानमन्त्री कार्यालय सुधार्ने जिम्मा नीति अनुसन्धान प्रतिष्ठानलाई

प्रधानमन्त्री कार्यालय सुधार्ने जिम्मा नीति अनुसन्धान प्रतिष्ठानलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको रणनीतिक योजनाको जिम्मेवारी नीति अनुसन्धान प्रतिष्ठानलाई दिने निर्णय गर्नुभएको छ ।

चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र त्योभन्दा अगाडिदेखि नै समग्र नीतिको प्रभावकारिता अध्ययन, अनुसन्धान गरेर सुझाव दिने निकायलाई उपेक्षा गरिएको थियो । तर अहिले सोही निकायलाई प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेकै दिन आफ्नो कार्यालय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद) को रणनीतिक योजना निर्माण गर्ने जिम्मेवारी दिनुभएको हो । 

कूटनीतिक र राजनीतिक भाषामा मुलुकको थिङ्क ट्याङ्क संस्थाको अपनत्व पहिलो पटक प्रधानमन्त्रीले लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको रणनीतिक योजना निर्माण गर्ने जिम्मा नीति अनुसन्धान प्रतिष्ठानलाई दिइएको छ ।

प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुधारको रणनीतिक योजना प्रतिवेदन फागुन महिनाभित्र बुझाउनुपर्ने छ । प्रतिष्ठानको अध्यक्षमा डा. विष्णुराज उप्रेती हुनुहुन्छ । यसअघिका कार्यकारी अध्यक्ष डा.चैतन्य मिश्र, डा. गणेश गुरुङहरु काम गर्ने वातावरण नभएको बताउँदै प्रतिष्ठानबाट अलग्गिनुभएको थियो ।

टिप्पणीहरू