सामजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन साइबर ब्यूरोको विशेष अपिल
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत हुने अपराधिक क्रियाकलापबाट सतर्क रहन आमनागरिकलाई सूचना गरेको छ । विभिन्न व्यक्ति तथा अपराधिक समूहले प्रविधिको दूरुपयोग गरी अनलाइनबाट ठगिनेको संख्या दिनहुँ बढिरहेको उल्लेख गर्दै ब्यूरोले यसबाट सजग रहन अनुरोध गरेको हो । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा अपराधिक समूहले विभिन्न प्रवृत्ति अपनाइ अनलाइनबाट ठग्ने गरेको ब्यूरोले जनाएको छ ।
नेपाल बाहिर बसेर सामाजिक सञ्जालमार्फत साथी बनाई गिफ्ट पठाइदिने प्रलोभनमा पारेर रकम हत्याउने तथा अनलाइन चिठ्ठा परेको लोभ देखाएर पैसा माग्ने गिरोह सञ्जालमा सक्रिय छ । त्यस्तै, सामाजिक सञ्जाल ह्याक गरी प्रयोगकर्ताको साथीबाट रकम माग्ने, साथीभाइबाट कोडनम्बर पठाएको छु भनी ओटीपीको माग गरी खाताबाट रकम निकाल्ने गरेको जस्ता ठगीका घटना बढिरहेका छन् ।
अनलाइनमार्फत सस्तोमा सामान बिक्री गर्न राखी रकम लिई सामान नपठाउने, प्रेमजालमा पारी अनेक बाहाना बनाई एटीएम कार्ड, ओटीपीलगायतको विवरण लिने, कुनै भिडियो भाइरल बनाइदिने धम्कि दिएर रकम माग्ने , क्रिप्टोकरेन्सी/विट क्वाइनमा लगानी गरे तुरुन्त आर्थिक लाभ हुन्छ भनी रकम मागेर ठग्नेहरु सक्रिय रहेकाले सचेत हुन् प्रहरीले भनेको हो ।
टिप्पणीहरू