रिङ्गरोडमा चल्ने बसका चालक र सहचालक आन्दोलनमा
काठमाडौं र ललितपुरको चक्रपथमा गुड्ने महानगर यातायात प्रालिमा कार्यरत चालक र सहचालकहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले चोरीको आरोपमा चालक र सहचालकलाई नियन्त्रणमा लिएपछि अन्यले त्यसको विरोध गरेका हुन् ।
हिजो साँझ सञ्चालनमा रहेको बा.४ ख १२७ नम्बरको महानगर यातायातमा चोरी भएको बताइन्छ । चोरीपछि बसका यात्रुहरुले चालक र सहचालकलाई प्रहरीको जिम्मा लगाएका थिए । उनीहरुलाई चोरीको आरोपमा पक्राउ गरेपछि अन्य चालक र सहचालक आन्दोलित भएको कर्मचारी कुशल राईले बताए । बिहान केही बेर आन्दोलन भए पनि हाल स्थगित भइसकेको उनको भनाइ छ ।
‘हिजो साँझ बसमा चोरी भएको रहेछ । त्यसपछि यात्रुहरुले प्रहरीलाई बोलाएर चालक र सहचालक जिम्मा लगाएछन्,’ उनले भने, ‘त्यसकै विरोधमा चालक र सहचालकहरुले आन्दोलन गर्ने योजना बनाएका रहेछन् । हाल आन्दोलन स्थगित भएर गाडीहरु सबै सञ्चालनमा आइसकेको छ ।’
महानगर यातायातमा अत्याधिक चोरी हुने गरेको सर्वसाधारणको अनुभव छ । विशेषगरी यातायातमा पाकेटमारहरुको बिगबिगी रहेको बताइन्छ । चालक र सहचालकले पाकेटमार चिन्दाचिन्दै पनि लुकाउने गरेको आरोप स्वयम् यात्रुहरुले लगाउने गरेका छन् ।
टिप्पणीहरू