प्रतिबन्धित औषधि बोकेका चिनियाँ नागरिकहरु विमानस्थलबाट पक्राउ
प्रतिबन्धित औषधि बोकेर बैंकक उड्न लागेका तीन जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका छन् । आज बिहान थाई स्माईल एयरको उडानबाट बैंकक जान लागेका उनीहरुलाई प्रहरीले विमानस्थलको चेकिङ्ग एरियाबाट औषधिसहित पक्राउ गरेको हो । पक्राउ परेकामा दुई जना २९ वर्षीय र एक जना २८ वर्षका हुन् । वाङ लाइक, चङ सिआओयु र थाङ सानसानलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरुको साथबाट ‘रित्नाभेर ट्याब्लेट १०० एमजी’ लेखिएको ६०० पत्ता (प्रति पत्ता १० ट्याब्लेट) औषधि चेकजाँच गर्ने क्रममा फेला परेको प्रहरीले जनाएको छ । विमानस्थलको ब्यागेज एक्सरे गर्ने क्रममा उक्त औषधि भेटिएको बताइएको छ ।
पक्राउ परेका उनीहरुलाई बरामद औषधिसहित औषधि व्यवस्थापन विभागमा बुझाउने प्रहरीको तयारी छ ।
टिप्पणीहरू