प्रोटिनको प्रचारका लागि दशरथ रंगशालामा ‘राईट टु प्रोटिन रन’ आयोजना गरिने

प्रोटिनको प्रचारका लागि दशरथ रंगशालामा ‘राईट टु प्रोटिन रन’ आयोजना गरिने

प्रोटिनबारे जनचेतना जगाउने उद्देश्यले पर्सि माघ ७ गते ‘राईट टु प्रोटिन रन’ नामक कार्यक्रम आयोजना हुने भएको छ । नेपाल भेटेरिनरी एशोसियनले आम नागरिकहरुलाई प्रोटिनयुक्त खानाको महत्त्व बुझाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । आगामी शनिबार बिहान ७ बजे रंगाशालामा हुने उक्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख अतिथिमा हुनेछ ।

 नेपालका ३६ ठूला कम्पनी र ८ संस्थाबाट सहयोग मिलेको उक्त रेसमा सहभागिहरुलाई टिसर्ट, फिनिसर मेडल, ई–पार्टिसिपेशन सर्टिफिकेट र प्रोटिनयुक्त खाजा (चिकेन फ्राई, उसिनेको अण्डा, केरा र जुस) प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।

साथै, वार्मअपका लागि जुम्बा नृत्यको समेत व्यवस्था गरिएको छ । मानिसहरुमा उचित मात्रामा प्रोटिन खानका लागि जागरुकता फैलाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम बिहान ६ बजेदेखि १० बजे (चार घण्टा) सम्म सञ्चालन हुनेछ ।

टिप्पणीहरू