पल शाहलाई अदालतमा झिकाउन आदेश

पल शाहलाई अदालतमा झिकाउन आदेश

उमेर नपुगेकी किशोरी बलात्कार अभियोगमा थुनामा बसेर मुद्दा पूर्पक्ष गरिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले अदालतमा उपस्थित गराउन आदेश दिएको छ । उच्चले मुद्दाका दुवै पक्षलाई झिकाउन आदेश गरेको हो । 

बालयौन दुराचारको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पललाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल दुवै उच्च अदालत पुगेका थिए ।

 

गत शुक्रबार पुनरावेदन रिटमाथि छलफल गर्दै उच्च अदालत पोखराका कायम मुकायम  मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । 

सो आदेशसँगै अब शाहलाई १५ दिनभित्र उच्च अदालत पोखरामा उपस्थित गराउनुपर्नेछ । अभिनेता पलमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा एकै प्रकृतिका छुट्टाछुट्टै मुद्दा परेको थियो ।  जिल्ला अदालत तनहुँबाट भने उनले सफाइ पाएका छन् ।

टिप्पणीहरू