प्रधानमन्त्री र रवि लामिछानेबीच राति छुट्टै कुराकानी

प्रधानमन्त्री र रवि लामिछानेबीच राति छुट्टै कुराकानी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बालुवाटारमा कुराकानी भएको छ । प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लामिछाने राति पौनै ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री र लामिछानेसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सत्ता गठबन्धन दलका चार शीर्ष नेताबीच कुराकानी भएको थियो । हिजो राति सोही स्थानमा प्रधानमन्त्रीले काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एक घण्टा कुराकानी गर्नुभएको हो ।

आज बिहान बालुवाटारमा बसेको सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख २ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । गत निर्वाचनमा रवि लामिछाने सोही क्षेत्रबा विजयी भएका हुन् । दोहोरो नागरिकता काण्डमा उनी सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि सबै पद र जिम्मेवारीबाट मुक्त भएका हुन् ।
 

टिप्पणीहरू