नामिवियाविरुद्ध कुशल भुर्तेलको शतक

नामिवियाविरुद्ध कुशल भुर्तेलको शतक

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालका ओपनिङ व्याटर कुशल भुर्तेलले नामिवियाविरुद्ध शतक प्रहार गरेका छन् । 

नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा भुर्तेलले शतक हानेका हुन् । ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै शतक पूरा गरेका उनी ११२ रन बनाएर नट आउट छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा  नेपालले ४४ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २५८ रन जोडेको छ । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले  निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो । 

नामिबियाका लागि माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन बनाएका थिए । नेपालका करण केसीले सर्वाधिक ५ विकेट लिएर प्रतियोगितामा शानदार शुरुआत गरेका छन् ।

त्यस्तै, बलात्कारको बात लागेपछि ६ महिने निलम्बन फुकुवा भएसंगै खेलमा फर्किएका पूर्वकप्तान सन्दीप लामिछानेले ३ विकेट लिए ।

टिप्पणीहरू