प्लास्टिकको बोराभित्र प्रियंकाको शव, दुइजना पक्राउ
मोरङको बुढीगंगामा एक युवतीको शव भेटिएको छ । बुढीगंगा गाउँपालिका–२ स्थित गोठमा प्लाष्टिकको बोराभित्र २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको हो ।
विराटनगर महानगरपालिका–१९ की सुनारको शव नरसिंह चौधरीको गोठमा प्लाष्टिकको बोराभित्र पोको पारेरको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।
शरीरमा चोट लागेकाले हत्या गरेर फ्याफ्याँकिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।
टिप्पणीहरू