स्कटल्याण्डविरुद्ध नेपालको सनसनीपूर्ण जित, बन्यो इतिहास

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । 

२१३ रनको लक्ष्य पछ्याउने क्रममा १३८ रनमा ८ विकेट गुमाएर हारको संघारमा पुगेको नेपाललाई कप्तान रोहित पौडेलले र दशौँ नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले ७५ रनको अविजित साझेदारी गरेर रोमाञ्चक जित दिलाएका हुन् । यो जितसँगै त्रिदेशीय सिरिज क्लीन स्वीप गरेको छ । 

लिग २ को सिरिजमा पहिलो पटक चारै खेलमा जित निकाल्ने पहिलो टिमको कीर्तिमानी पनि नेपालले बनाएको छ । साथै स्कटल्यान्डलाई एकै सिरिजका दुवै खेलमा नेपालले बाहेक अरु टिमले हराउन सकेका छैनन् ।
 

टिप्पणीहरू