सन्दीप लामिछानेले भने, मेरो योगदान थाहा छैन, देशले जितेको छ

सन्दीप लामिछानेले भने, मेरो योगदान थाहा छैन, देशले जितेको छ

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजको चारवटै खेल जितेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खुसी व्यक्त गरेका छन् । 

हिजो कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय  क्रिकेट मैदानमा लिग २ को विजेता टोली स्कटल्याण्डलाई हराउँदै सिरिजको चारै खेलमा जीत निकाल्ने पहिलो टिमको कीर्तिमान बनाएपछि सन्दीपले खुशी बाँडेका हुन् । देशले क्रिकेट जितेको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे । 

सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले ह्दयदेखि नै सम्पूर्णमा आभारी रहेको बताएका छन् । सन्दीपले लेखेका छन्,‘मैले कति योगदान गर्न सके थाहा छैन् तर मेरो देशले क्रिकेट जितेको छ, यो साथ यो मायाका लागि सम्पूर्णमा ह्दयदेखि आभारी छु ।’

सन्दीपमाथि उमेर नपुगेकी किशोरी बलात्कारको आरोपमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएपछि ६ महिनापछि खेलमा फर्किएका उनी घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेर हजारौँ क्रिकेटप्रेमीको मन जित्न सफल भएका छन् । चार खेलमा १३ विकेट लिएका सन्दीप सिरिजमा सर्वाधिक विकेट लिने खेलाडीसमेत बने ।

टिप्पणीहरू