विद्यालयका कर्मचारी फेरी आन्दोलित
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले पुन: आन्दोलन शुरु गरेको छ । शिक्षकहरुले भोगिरहेको समस्याबारे पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको भन्दै परिषद्ले भदौ १ गते घोषणा गरेको आन्दोलनका कार्यक्रम पुन: अघि बढाउने निर्णय गरेको हो ।
कार्यक्रमअन्तर्गत परिषदले आँउदो फागुन १५ गतेदेखि फागुन मसान्तसम्म ७५३ वटै स्थानीय तहमा, चैत १ देखि ७ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाईमा र चैत १५ गतेभित्र प्रदेशको सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउने छ ।
चैत २१ गते संघीय सरकारका सम्बन्धित निकायहरुमा ध्यानाकर्षण पत्र दिने कार्यक्रम निर्धारण गरिएको छ । उल्लेखित आन्दोलनका कार्यक्रमपश्चात पनि राज्यको तर्फबाट सकारात्मक परिणाम आउन नसकेमा अनिश्चितकालीन विद्यालय बन्द गर्ने परिषद्को चेतावनी छ ।
परिषद्ले विभिन्न माग राख्दै गत भदौ १ गतेबाट चरणबद्ध आन्दोलन गरेको थियो । सरकारले विद्यालय कर्मचारीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो ।
टिप्पणीहरू