"र" का हाकिमले गाडी चढेर छाडे नेपाल
काठमाडौंस्थित भारतीय राजदूतावासमा कार्यरत ‘कन्सुलर’ अनिल गिरी स्थलमार्ग हुँदै नयाँ दिल्ली गएका छन् । कन्सुलर भनिए पनि उनी भारतीय खुफिया एजेन्सी "र"को नेपालस्थित कार्यालयका दोस्रो व्यक्ति हुन् । काठमाडौं स्टेशन प्रमुखमा राघव भट्नागर कार्यरत छन् ।
उनै गिरी हिजो मध्यान्ह बुद्ध एयरको उडानमा काठमाडौंबाट भैरहवा हुँदै नयाँ दिल्ली गएका हुन् । बुद्ध एअरको सोही उडानमा संयोगवश नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि त्यता गएको स्रोतको दाबी छ ।
भैरहवा विमानस्थलमा ओर्लिएपछि ढकाल बा.१९ च २ नम्बरको गाडी चढेर सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा पुगेका थिए । गिरी भने भारतीय नम्बर प्लेटको गाडी चढेर बेलहिया नाका हुँदै भारततिरे पसेका थिए । उनी युपी ५६ जेड ०७७७ नम्बरको गाडीमा गोरखपुर हुँदै नयाँ दिल्ली गएको बुझिएको छ ।
टिप्पणीहरू