सेनाको वार कलेजमा उच्चस्तरीय तालिम शुरु
नेपाली सेनाले आजदेखि सैनिक अधिकृतका लागि मुलुकभित्र सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम थालेको छ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सि.सं.११ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरु भएको बताइएको छ ।
जर्नेल सरोजप्रताप राणाले शुभारम्भ गरेको उक्त तालिमले सैन्य अधिकृतहरुमा व्यवसायिक सैनिक शिक्षा, पेशागत ज्ञान अभिवृद्धिसहित जटिल परिस्थितिमा उचित र प्रभावकारी निर्णय लिन सक्ने क्षमताको विकास हुने विश्वास लिइएको छ । अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार, सल्लाहकार र भविष्यमुखी नेतृत्व उत्पादनमा तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालायका अनुसार तालिममा महिला १ र पुरुष ३२ गरी जम्मा ३३ जना महासेनानी दर्जाका अधिकृत सहभागी छन् । यो तालिम उक्त कलेजमा २०७१ सालदेखि सञ्चालन हुँदै आएको छ । हालसम्म महिला नौ महिलासहित २७२ जना अधिकृत प्रशिक्षित भइसकेका छन् ।
टिप्पणीहरू