विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई वाग्मती सरकारद्वारा नगद पुरस्कार घोषणा

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई वाग्मती सरकारद्वारा नगद पुरस्कार घोषणा

विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बागमती प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट आज उक्त घोषणा गर्नुभएको हो । ‘खेलाडीको सम्मान र हौसलाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने निर्णय गरेको हो', उहाँले भन्नुभयो । 

बागमती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना पनि भन्नुभएको छ । 

नेपालले बिहीबार घरेलु मैदान किर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो । नेपालको ऐतिहासिक जितप्रति खुशी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई तीन लाखका दरले नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
 

टिप्पणीहरू