गर्भवती रुसी महिला धमाधम अर्जेन्टिना तिर

गर्भवती रुसी महिला धमाधम अर्जेन्टिना तिर

रुस र युक्रेनबीचको लडाइँका कारण विभिन्न मुुलुकमा फरक खालको समस्या निम्तिएको अमेरिका र पश्चिमा मुलुकको बुझाइ छ । उक्त युद्धको सोझो असर रुसी गर्भवती महिलामा परेको न्युयोर्क टाइम्सलगायत अधिकांश पश्चिमा सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

झण्डै नौ महिनादेखि अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा दिनहुँ ३० जना रुसी गर्भवती महिला पुगेको बताइएको छ । पछिल्लो एक वर्षमा अर्जेन्टिना रुसी आप्रवासीको संख्या १८ हजार पाँच सयभन्दा बढी रहेको त्यहाँका अधिकारीले जनाएका छन् । अझै २२ हजार बढी राजधानी ब्युनसआयर्स आउने तयारीमा रहेको गत वर्ष अर्जेन्टिना पुगेर जुम्ल्याहा शिशु जन्माएकी २८ वर्षे महिलाले बताइन् । 

झण्डै १५ हजार किमि टाढाको मुलुकमा गएर शिशु पैदा गराउन रुसी गर्भवती किन आतुर देखिएका होलान् ? यसबारे न्युयोर्क टाइम्स लेख्छ– ‘युक्रेन युद्धमा रुसमाथि पश्चिमा मुलुकले प्रतिबन्ध लगाएकाले उनीहरू विदेश यात्रा गर्ने मुलुकको संख्या खुम्चिएको छ । रुसी नागरिक यतिखेर सहजै जान सक्ने र स्तरीय अस्पताल तथा अन्य सेवा पाइने मुलुक पहिलो बनेको छ ।’

न्युयोर्क टाइम्सका अनुसार अर्कोतर्फ अर्जेन्टिनाको पासपोर्ट बोक्ने यात्रुले विश्वका १ सय ७५ देशमा अन अराइभल भिसा पाउँछन् । त्यसैगरी, अर्जेन्टिनामा पासपोर्ट प्राप्त गर्न रुसीलगायत विकसित मुलुकका नागरिकलाई प्रक्रिया कम झण्झटिलो भएकाले पनि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन् ।


 

टिप्पणीहरू