विदेशमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षा कोषमा आवद्धता सुनिस्चित

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन शुरु गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगारीमा रहेका श्रमिक लक्षित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेसँगै उनीहरुको आवद्धता सुनिश्चित भएको हो ।  प्रधानमन्त्रीले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर योजनाको औपचारिक सुरुआत गर्नुभयो ।

योसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई आजबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि बाटो खुलेको छ । अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने छन् । 

त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले वैदेशिक रोजगारीलाई थप व्यवस्थापित, मर्यादित र श्रमिकको सामाजिक सुरक्षा प्रत्याभूति गराउने विषयलाई प्रथामिकतामा राखेको छ । यो योजनाले वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास लिइएको छ ।

यो पनि...

1. भारतीय राजदूत विराटनगर उडे

2. बुद्धको जप्ने ठाउँमै अशुद्ध

3. भारतमा बेवारिस बालकहरु नेपाल फर्काइए

4. सहकारी, रुवाइछाड्यौ धर्धरी


 

टिप्पणीहरू