उपचार गरेर फर्केका सैनिकलाई गाडीको ठक्कर,न्यूरो अस्पतालमा सिकिस्त

उपचार गरेर फर्केका सैनिकलाई गाडीको ठक्कर,न्यूरो अस्पतालमा सिकिस्त

सैनिक अस्पतालमा उपचार गरेर फर्केका एक जना हुद्दालाई सडक दुर्घटनापछि पुनः अस्पताल लगिएको छ । सिसं. १० बिल्लादार ग्रेड १ तालिममा सहभागी यामबहादुर खत्रीलाई गाडीको ठक्करपछि पुनः अस्पतालमा भर्ना गरिएको छ ।

उनी चैत १ गतेदेखि सञ्चालित तालिममा सहभागी थिए । कालिरक्षा गणका खत्रीलाई नेपालगञ्जस्थित सैनिक अस्पतालमा स्वास्थ्य उपचारपछि फर्कंदै गर्दा भे.१ च ३५२५ नम्बरको मालवाहक गाडीले ठक्कर दिएको थियो ।

ठक्करपछि उनलाई स्थानीय न्युरो हस्पिटलमा भर्ना गरिएको छ । गाडीको ठक्करबाट श्रीमान घाइते भएको र अस्पतालमा भर्ना गरिएको उनकी श्रीमती शान्ती खत्रीले सैनिक बताइन् ।

उनको टाउकोमा गहिरो चोट लागेको छ । विस्तृत परीक्षणपछि मात्रै स्वास्थ्य अवस्थाबारे बताउन सकिने अस्पतालले जनाएको छ ।
 

टिप्पणीहरू