सुरुङ बनाउन सडक बन्द

सुरुङ बनाउन सडक बन्द

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड मंगलबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य शुरु हुने भएसँगै सडक बन्द गर्न लागिएको हो । राजमार्ग सुरक्षा समितिको बैठकले चैत २१ गतेदेखि हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडकमा आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको काम थालिसकेको छ । सो क्रममा माथिबाट खुकुला ढुंगा झर्ने र काममा  जोखिम हुने भएकाले अर्को सूचना जारी नभएसम्म सडक दैनिक ९ घण्टा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

उनले एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा अवरोध नहुने गरी कार्य गर्न सम्बन्धित योजना कार्यालयले व्यवस्था मिलाउने समेत जानकारी दिए ।
 

टिप्पणीहरू