उडिरहेको विमानका यात्रुले चालक दलका सदस्यलाई कुटेपछि एअर इण्डियाको विमान आकस्मिक अवतरण

उडिरहेको विमानका यात्रुले चालक दलका सदस्यलाई कुटेपछि एअर इण्डियाको विमान आकस्मिक अवतरण

नयाँ दिल्लीबाट बेलायतको राजधानी लण्डनतर्फ उडेको भारतीय ध्वजाबाहक एयर इन्डियाको एउटा विमान आकस्मिक रुपमा नयाँ दिल्लीमा अवतरण गरिएको छ । विमानका एक यात्रुले चालक दलका सदस्यहरुलाई भौतिक आक्रमण गरेपछि विमानलाई दिल्ली विमानस्थलमा आकस्मिक अवतरण गराइएको बताइएको छ ।

आज बिहान साढे ६ बजे हिथ्रो विमानस्थलका लागि उडेको विमान चालक दलका सदस्यले ककपिटमा रहेका चालकलाई यात्रुले गरेको झगडा र आक्रमणबारे जानकारी गराएपछि  बिहान १० बजे नयाँ दिल्ली विमानस्थलमा फर्काइएको थियो ।

एयर इन्डियाका अनुसार २५६ जना यात्रु लिएर दिल्लीबाट उडेको एआई–१ विमानमा यात्रुको आक्रमणपछि आकस्मिक अवतरण गराइएको हो । लगत्तै विमान कम्पनीले जारी गरेको विज्ञप्तिमा चालक दलका सदस्यको मौखिक र लिखित चेतावनीलाई वास्ता नगरी एक जना यात्रुले आक्रमण गरेपछि चालक दलका दुई सदस्यमाथि आक्रमण गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि पाइलटले आफू दिल्ली फर्कने निर्णय गरे । विमान अवतरणपछि ती आक्रमणकारीलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको छ ।’

प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ५०९ र ५१० तथा भारतीय विमान ऐनको धारा २३ अन्तर्गत एफआईआर दर्ता गरेको जनाएको छ ।
 

टिप्पणीहरू